पालुङ्टारमा यसरी हुन सकेन नेपाली केजरीवालको उदय !

गोरखा – स्थानीय निर्वाचनमा मत गणनाको मतपरिणाम केही स्थानीय तहको आईसकेको छ। यसैक्रममा पालुङ्टार नगरपालिकाको सम्पूर्ण वडा र नगरपालिकाको मतपरिणाम पनि आइसकेको छ।

पालुङ्टार नगरपालिकाको वडा नं. ४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने कृष्ण प्रसाद सोडारीले झिनो मतले अध्यक्षबाट हात धुनु परेको छ। ‘पुतली’ चुनावी चिह्नबाट उनी उठेका थिए। जनताले साथ दिएका थिए तर मत दिंदै गर्दा धेरै मतदाताहरुले बिगारेका छन्।  लगभग ८५ मत पुतली चिह्नमा आएको मत बदर भएको छ।

माओवादी केन्द्रबाट वडा अध्यक्ष जित्नेका उम्मेदवारले ७४ मतको अन्तर पारेर पुतलीलाई हराउंदै जीत हांसिल गरेका थिए। एउटा स्वतन्त्र उम्मेदवारी दिएका सोडारी यतिबेला जनताको मनमा बस्न सफल भएपनि वडा अध्यक्षको पदमा भने बस्न पाएनन् ।

पालुङ्टारको केजरीवाल भनेर चिनिने सोडारीको यो हारभित्र जित रहेको जनताको भनाई छ।  जनताले साथ दिन्दादिदै पनि यो पराजय स्वीकार्नु पर्दा जनता निराश छन्। एउटा आशा र भरोसा थिए सोडारी तर मतपरिणामले सबैलाई निराश पार्यो।

सोडारीको युवापुस्ता र विद्यार्थीमा निकै क्रेज छ।  उनी हार्नु भनेको सम्पूर्ण युवा हार्नु हो भन्ने युवावर्गको भनाई छ। जनताले साथ दिए तर यतिबेला सोडारीलाई आफ्नै भाग्यले साथ दिएन। तर जनताले देखाएको स्नेह निकै महत्वपूर्ण छ। उनी हारेपनि जनताले बनाएको नेपाली केजरीवाल नै हुन्। उनी जनताले बनाएको स्वतन्त्र नेता हुन्।