केशव स्थापित ठोकेरै भन्छन्ः २७ को चमत्कार देख्नुभएन्, अब यी वडाको गन्दा बालेनलाई उछिन्छु

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा देश विदेशबाट धेरैभन्दा धेरैको चासो बढेको छ । स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुदेखि नै लिएको अग्रता बिहीबार दिउँसो वडा नं २७ को गन्दा भने केशव स्थापितले बढी ल्याएका छन्।

काठमाडौं महानगरपालिकामा एमालेका तर्फबाट उम्मेदवार स्थापितले वडा नं २७ को मतले आफ्नो मत बोलिरहेको दाबी गरेका हुन्। उनले अहिले आफूलाई धेरै बोल्नु नभएको भन्दै मतले नै बोलिरहेको प्रतिक्रिया दिए।

११ नं वडासम्म बालेन साह अघि बढ्छन् भने त्यसपछि १२ देखि २७ सम्म आफ्नो मत मेकअप हुने स्थापितको भनाई छ। स्थापितका अनुसार यी वडाको मतगणनापछि बालेनलाई उछिन्ने अथवा प्रतिस्पर्धामा उत्रनेछन् ।

‘अहिले म बोल्नु नै छैन। मतले बोलिरहेको छ। मेरो सुधारमात्र होइन राम्रो हुन्छ,’ उनले भने, ‘प्रत्येक वडामा ११ वडासम्म बालेन अगाडि बढ्छ। ८ मा बराबरी हुन्छ। ७ मा अलिकति बढ्छ। १२ देखि मेकअप हुँदै जान्छ।’

उनले वडा नं २७ मा आफ्नो ४ गुणा मत बढी आउने दाबी गरे। ‘१२ देखि लगातार २७ सम्म मेरो राम्रो हुन्छ, अनि हेरौंला। २७ मा मेरो ३ गुणा आएको देख्नुभएन्?’ उनले अघि भने, ‘अब ३ गुणा होइन ४ गुणा हुन्छ होला।’

पछिल्लो मतपरिणाम अनुसार सो वडामा ५ सय मत गन्दा स्थापितले २ सय, कांग्रेस उम्मेदवार सिर्जना सिंहले १४६ र बालेन साहले ४६ मत प्राप्त गरेका छन्।