बालेन शाहलाई झाँक्रीको आग्रहः ‘आउनुस् ! सँगै यात्रा गरौं’

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ९बालेन०लाई आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीमा आउन आउन आग्रह गरेकी छन् ।

राजनीतिमा रहिरहने हो भने बालेनलाई पनि पार्टी चाहिने बताउँदै उनले भनिन्, ‘म त भन्छु चुनाव जितिसकेपछि समाजवादी पार्टीमा सँगै यात्रा गरौं । आउनुभयो भने एकदम स्वागत गर्न चाहान्छु र सफल भएको पनि हेर्न चाहान्छु ।’

प्राइम टिभीमा ऋषि धमलाको कार्यक्रमममा झाँक्रीले बालेनको मत उनको एजेण्डा र लोकप्रियताभन्दा पनि दल र उनको प्रतिनिधिभन्दा बरु बालेनलाई हाल्छु भन्ने ‘नो भोट’ हो भनिन् । ‘नो भोट’को अप्सन भएको भए यो नतिजा त्यता आउनेसक्ने उनको विश्लेषण छ । यद्यपि आफूले बालेन शाहलाई नजरअन्दान नगरेको झाँक्रीको भनाई छ ।

उनले काठमाडौंको नजिता दलहरुलाई यो सच्चिने मौका भएको बताइन् । बेलैमा जनताले संकेत दिएको बताउँदै झाँक्रीले नसच्चिए आसन्न निर्वाचनमा दलहरुलाई ठूलो नोक्सान हुने संकेत गरिन् । उनले भनिन्, ‘म मेरो दलको सचिव । अब मैले सोच्नुपर्यो कि त्यो जनमतलाई कसरी ख्याल गर्ने रु मेरो दललाई कसरी रुपान्तरित गर्छु रु एजेण्डा कसरी सेट गर्छु रु’

काठमाडौं महानगरपालिकाको नतिजा देशभरीका लागि सकारात्मक सन्देश भएको बताइन् । दलहरुको अकर्मन्यता र जे निर्णय गरे पनि भइहाल्छ भन्ने प्रवृत्ति, एक पटक भोटे हालेपछि मानिसले जिन्दगरीभरी त्यहीं हालिरहन्छ भन्ने घमण्ड र मतदातालाई कमजोर आँक्ने प्रवृत्तिका लागि बालेनको नतिजा चुनौति भएको बताइन् ।

अहिले थपिएका १८ लाख मतदाताले हामीले चाहेको ठाउँमा मत हालिहाल्छन् भन्ने दलहरुलाई मतदाता स्वतन्त्र छन् भन्ने सन्देश पनि हो भन्दै झाँक्रीले देशभरी स्वतन्त्र उम्मेदवारहरुको पक्षमा देखिएको लहर राम्रो भएको बताइन् ।

पार्टीको अर्थोडक्स सिस्टमभित्र रहेकाले आफूहरुले बिद्रोह गर्न नसकेको तर बालेनले आँट गरेको उनको भनाई छ । उनले नेताहरुको निर्देशन मानेर बस्दा बस्दा समय खेर फाल्नुपरेको गुनासो गरिन् ।

साथै, उनले मन्त्रालयमा विकासको काम गर्न खोज्दा दलको मेयरसँग निकै कठिन हुने गरेको बताउँदै स्वतन्त्र मेयर आउँदा काम गर्न सहज हुने आशा व्यक्त गरिन् ।