सरकारलाई बालेनको च्यालेन्ज आईतवार शनिबार २ दिन बिदा हुँदैन ।हुन्छ त १ दिन

मन्त्रिपरिष्दको निर्णय अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेठ १ गतेदेखि लागू हुने गरी हप्ताको दुई दिन बिदा दिन निर्देशन दिइसकेको छ । तर केही स्थानीय तह र त्रिभुवन विश्वविद्यालयले भने तत्काल हप्ताको दुई दिन बिदा लागू नगर्ने जनाएका छन् ।
बुढानीलकण्ठ नगरपालिकाले वैशाख २९ गते र भक्तपुर नगरपालिकाले गत आइतबार सूचना जारी गर्दै आइतबार बिदा नदिन विद्यालयहरुलाई निर्देशन दिएको छ । भक्तपुर नगरपालिकाले भने कुनै समस्या उल्लेखनगरी नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मको लागि साबिक बमोजिम नै विद्यालय सञ्चालन गर्न भनेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले पालिकामा जनप्रतिनिधि

नहुँदा निर्णय गर्न नसकिएकाले साबिककै अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय भएको बताए । उनले भने, ‘अहिले इलेक्टेड बडी नभएकोले बिदा लागू गराउने निर्णय गर्न सम्भव भएन । अब इलेक्टेड बडी आउन बित्तिकै निर्णय हुन्छ ।’ यस्तै त्रिभुवन विश्वविद्यालयले पनि
हप्ताको दुई दिन बिदा कार्यान्वयन नगर्ने भएको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले गत आइतबार सूचना जारी गर्दै ‘कोभिडको असरका कारण शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाको तालिका पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालय

तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायमै
दाङ, ६ जेठ । तुलसीपुर उपमहानगरपालिकामा जारी मत गणनामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मत परिणामअनुसार गठबन्धनको तर्फबाट नगरप्रमुख पदमा कांग्रेसका गेहेन्द्र गिरीले सात हजार ६८७ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का टीकाराम खड्काले सात हजार ४८६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जनाएको छ ।त्यस्तै उपप्रमुखमा एमालेकी स्यानी चौधरीले ६ हजार ९६१ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका जोगबहादुर रानाले पाँच हजार ९४७ मत प्राप्त गर्नुभएको छ । हालसम्म १८ हजार १९३ मत गणना भएको छ ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका–५ को वडाध्यक्षमा कांग्रेसका वीरेन्द्रकुमार शाह एक हजार ७१५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम पोख्रेलले एक हजार २१ मत प्राप्त गर्नुभएको छ । यसअघि तुलसीपुर–१ मा गठबन्धबाट होमकान्त सापकोटा निर्वाचित हुनुभएको छ । वडा नं २ बाट नेकपा (एमाले)का भीमबहादुर कवर योगी, तुलसीपुर–४ मा गठबन्धबाट माओवादीका तुलसी थापामगर निर्वाचित भइसक्नुभएको छ । अहिले तुलसीपुर उपमहानगरपालिका वडा नं ३, ६ र ७ को मतगणना जारी छ । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदातामध्ये ७४ हजार ३३६ जनाले मतदान गरेका थिए ।