अजिरकोट गाउँपालिकामा माओवादी बिजयी, अध्यक्षमा देवकोटा, उपाध्यक्षमा भुजेल

गोरखाको अजिरकोट गाउँपालिका माओवादी केन्द्रले जितेको छ । माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रहेका दिपक देवकोटा नेपाली कांग्रेसका गोबिन्द गुरुङलाई हराउँदै बिजयी भएका हुन् ।

उप प्रमुखमा पनि माओवादी केन्द्रका उम्मेदवार अनिता भुजेल बिजयी भएकी छिन् । नेपाली कांग्रेसबाट उपप्रमुख पदकी उम्मेदवार इन्द्र गुरुङलाई हराउँदै उनी बिजयी बनिन् ।

गोरखाको ११ पालिका मध्ये मत गणना सकिएको अजिरकोट पहिलो हो । यस अघि उक्त पालिका नेपाली कांग्रेसले जितेको थियो । अजिरकोट १, २, ३ माओवादी केन्द्रका उम्मेदवारले जितेका छन् भने कांग्रेस वडा नम्बर ४ र ५ जितेको छ ।

२०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट देवकोटा र भुजेल नै अध्यक्ष उपाध्यक्षका उम्मेदवार थिए । कांग्रेसका उम्मेदवार सँग पराजित उनीहरुले अहिले बिजयी हाँसिल गरेका छन् ।