गोरखा जिल्लाको पालुङ्टार वडा नं. २ मा माओवादी केन्द्रको प्यानल नै विजयी

गोरखा – पालुङ्टार नगरपालिका वडा नं. २ मा माओवादी केन्द्रको प्यानलले नै जित हाँसिल गरेको छ ।

वडा अध्यक्षमा माओवादी केन्द्रका कृष्ण बहादुर थापा मगर, महिला वडा सदस्यमा मनिका अधिकारी (लिम्बु), महिला दलित वडा सदस्यमा मिना नेपाली, खुल्ला वडा सदस्य गोविन्द वस्ती र गंगा बहादुर बलकोटीले जित हाँसिल गरेका छन् ।

पालुङटार नगरपालिकाको प्रमुख पदको हाल सम्मको चुनाबी परिणाम यस प्रकार छन्।-

नेकपा माओवादि केन्द्रको हालसम्मको मत प्ररिणाम १५२२ रहेको छ, भने निकटतम प्रतिद्वन्दी जनता समाजबादीले १३२२ मत रहेको छ । त्यस्तै नेपाली कांग्रेसको १२४१ मत रहेको छ, भने हाल सम्मको मत परिणाम अनुसार एमालेले २४२ मत ल्याई चौथो नम्बरमा रहेको छ ।

यसैगरी पालुङ्टारको वडा नम्बर १, २ र १० को मत गणना सकिएको छ । पालुङ्टार वडा नम्बर १ मा कृष्ण बहादुर परियारले जसपाबाट वडाअध्यक्ष पद हात पारेका छन् भने, बाँकी दुई वटा वडामा माओवादी केन्द्रले जित हाँसिल गरेको छ ।