मतगणना अपडेटः गगन थापाको एरियामा एमालेको धमाका

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ। एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले ७ सय ७८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका विनोद चालिसेले ४ सय २८ मत पाएको छन्।

उपमेयरमा पनि नेकपा एमालेलेनै अग्रता लिएको छ। एमालेका तर्फबाट अनिता लामाले ८ सय १२ मतसहित अग्रता बनाएकी छन् भने उनलाई कांग्रेसकी रमिला वाग्लेले ४ सय ५३ मतसहित पछ्याइरहेकी छन्।

यसैबीच वडा नं १ को मत गणना सकिएको छ। वडाध्यक्षमा एमालेका सुरेन्द्र लामासहितको प्यानलनै विजयी भएको छ। यो नगर चर्चित कांग्रेस सांसद गगन थापाको चुनावी क्षेत्र पनि हो ।