भरतपुर महानगरपालिका रेणु दाहालको ह्वात्तै बढ्यो अग्रता, बागी पनि ताते

काठमाडौं । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेणु दाहालले अग्रता बढाएकी छन्। नेकपा माओवादीकी उम्मेदवार दाहालले ९ सय ३२ मत ल्याएकी छन्। उनले एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीलाई १ सय १६ मतले पछि पारेकी हुन्।

एमालेका उम्मेदवार सुवेदीले ८ सय १६ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ३ सय ९ मत ल्याएका छन्। यस्तै उता पोखरा महानगरपालिकामा मतगणना जारी रहेको छ।

स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा आइतबार बिहानसम्म १ हजार मत गणना हुँदा हुँदा मेयरका उम्मेदवार एमालेका कृष्ण थापाले ३५४ मत पाएका छन् ।

गठबन्धनका उम्मेदवार एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले भने ४०६ मत पाएर अग्रता बनाइरहेका छन् । यस्तै उपमेयरमा एमालेकी मञ्जुदेवी गुरूङले ३७१ तथा काँग्रेसकी कोपिला रानाभाटले ४५९ मत पाएकी छन् ।