गठबन्धनकै भयो बेईज्जत, ९ सय गन्दा पायो जम्मा १२ मत

काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकामा पाँच दलिय गठबन्धनका उम्मेदवारको हरिबिजोग भएको छ । काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उमेदवारको अग्रता देखिएको हो । नौ सय मत गणना हुँदा स्वतन्त्र उमेदवार बिदुरबहादुर बस्नेतले अग्रता लिएका छन् ।

बस्नेत नेपाली कांग्रेसको नगर सभापति थिए । उनले गठबन्धनको विरोधमा स्वतन्त्र उमेदवारी दिएका थिए । उनै बस्नेतले अहिलेसम्म अग्रता हासिल गरेका छन् । नौ सय मत गणना गर्दा उनले ४०६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा एमालेका उमेदवार अशोककुमार ब्यान्जुले ३४३ मत प्राप्त गरेका छन् भने गठबन्धनका आधिकारिक उमेदवार दयासागर श्रेष्ठले जम्मा १२ मत प्राप्त गरेको पत्रकार मोतिराम तिमिल्सिनाले जानकारी दिए ।