गितकार निरोज भट्टको नयाँ दोहोरी गित ‘चोली ढाकाले’ रिलिज अन्तिम तयारीमा

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा गितकार निरोज भट्टको नयाँ दोहोरी गित ‘चोली ढाकाले’ रिलिज तयारीमा  रहेको छ । सिद्धकाली डिजिटलको प्रस्तुतिमा रहेको गितमा निरोज भट्ट प्रस्तुति रहेको छ ।

चर्चित दोहोरी गायिका देवी घर्ति मगर, अमृता नेपाली, लोकप्रिय गायक हरिराम परियार र सचिन भट्टराईको आवाजमा रहेको उक्त गितमा गितकार निरोज भट्टको शब्द सृर्जना एवम् पछिल्लो समयका अत्यन्तै व्यस्त सर्जक रमेश परियारको लय रचना रहेको छ । IMG_20220506_132255.jpgबागलुङ्गे र गोरखालीहरुको प्रेमिकल जोडीहरुको मायाप्रेमकै बिषयवस्तुलाई उत्कृष्ट शैलीमा गितमा प्रस्तुत गरिएको, मौलिकता पन झल्काईएको र गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको गितकार निरोज भट्टले बताऊनु भयो ।

भिडियोलाई निर्देशक स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी छिन भने मोडेल लोमश शर्मा,  बिपना चुनारा, अर्जुन कुबंर ‘पित्री बुढो’को अभिनय संगै डान्सिङ्ग फिचर रहेको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई करन चौंसिरले छायांकन एवम् प्रकाश  धमलाको सम्पादन रहेको छ । गुरुआमा फिल्मसको पोष्ट प्रोडक्सनमा तयार पारिएको उक्त गितको म्युजिक भिडियो बैशाक २६ गते Siddhakali Digital को अफिसियल युटुव च्यानलबाट बजारमा पठाऊने तयारी गरिएको छ ।FB_IMG_16518198599215086.jpg