प्रकाश पराजुली र रिना केसीको नयाँ रत्यौली गित ‘हो र हो’ बजारमा (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा गोविन्द पौडेल र रिना केसीको नयाँ मौलिक रत्यौली गित ‘हो र हो’ भखरै सार्वजनिक भएको छ । दोहोरी च्याम्पियन बिजेता एवम् चर्चित दोहोरी गायक प्रकाश पराजुली र लोकप्रिय गायिका रिना केसीको आवाजमा रहेको उक्त गितमा गितकार गोविन्द पौडेलको उत्कृष्ट शब्द सृर्जना एवम् सर्जक दिनेश क्षेत्रीको लय रचना रहेको छ । गितमा मौलिकता पन झल्काईएको छ । अत्यन्तै सरल र मौलिक शब्दहरुले भरिएको गितमा मायाप्रेमकै बिषयवस्तुलाई रत्यौली शैलीमा प्रस्तुतित गरिएको छ ।

हो र हो

आऊने थिन मायालु रो र हो

गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । भिडियोलाई निर्देशक कुमार केसीले निर्देशन गरेका छन भने कलाकार रुविना अधिकारी, तेजस रेग्मी र यादव देवकोटा ‘सरापे’को अभिनय संगै डान्सिङ्ग फिचर रहेको छ । अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई अजय रेग्मीको छायांकन एवम् अमृत चापागाईको सम्पादन रहेको छ । गितको म्युजिक भिडियो अत्यन्तै रोचक र लोभलाग्दो वनेको छ ।

उक्त गितको म्युजिक भिडियो Tejash Regmi को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :