दिप सागर, सुनिला, सागर र वेलीमायाको आवाजमा ‘हँसिया हथौडामा मतदान गरौ’ चुनावी गित सार्वजनिक (भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा स्थानिय चुनाब नजिकिए संगै कलाकारहरुले हरेक पार्टिलाई समर्थन गर्दै गित निकाल्ने क्रमको ओईरो लागेको छ । त्यसैलाई मध्यनजर गर्दै नेकपा माओवादी केन्द्रको नयाँ चुनावी गित ‘हँसिया हथौडामा मतदान गरौ’ भखरै सार्वजनिक भएको छ ।

चर्चित गोरखाली संचारकर्मी एवम् गितकार सुमन बैरागी पण्डितको उत्कृष्ट लय शब्द सृर्जनामा तयार पारिएको गितमा नेकपा माओवादी केन्द्रले देश परिवर्तन गर्नका लागि गरेको योगदानहरुको चर्चा गरिएको छ । लोकप्रिय गायक गायिका सुनिला गुरुङ, दिप सागर थापा, सागर गुरुङ र वेलीमाया पुलामीको आवाजमा रहेको उक्त गितलाई गोरखा काठमाडौ जनसांस्कृतिक मञ्चको अफिसियल युटुव च्यानल बाट सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :