वडा सदस्यको उम्मेदवारमा अजय कुमार श्रेष्ठ !

गोरखा – यसपटक हुने स्थानीय निर्वाचनमा पालुङ्टार नगरपालिकाको वडा नं. ४ को वडा सदस्यमा अजय कुमार श्रेष्ठले एमाले पार्टीबाट आफ्नो उम्मेदवारी दिएका छन्। श्रेष्ठ सरकारी जागिरबाट अवकाश पाएपछी उनी सक्रिय राजनीतिमा लागेका व्यक्ति हुन्।

श्रेष्ठ सानै उमेरदेखि समाज र राजनीतिमा चासो राख्ने गर्थे। यदिबेला श्रेष्ठ राजनीतिज्ञ कम र समाजसेवीको रुपमा परिचित छन्। उनी आफ्नो वडाको बुद्विजीवी वर्गमा पर्ने व्यक्ति पनि हुन्।

वडा सदस्य भएर यतिबेला आफ्नो वडाको सेवा गर्ने आकांक्षा बोकेर श्रेष्ठले वडा सदस्यमा उम्मेदवारी दिएका हुन्। सकारात्मक र नैतिकवान छाप रहेको श्रेष्ठले सहजै वडा सदस्य जित्ने वडा वासीको दाबी छ।