आरजु भन्छिन्- कांग्रेसको मेयर नभएको ठाउँमा पैसा पठाउँदैनौँ, करुवा-सरुवा-हरुवा पार्टीलाई भोट नहाल्नुस्

काठमाडौं- नेपाली कांग्रेसकी नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले कांग्रेसको मेयर नभएको ठाउँमा (सरकारले) पैसा नपठाउने चेतावनी दिएकी छन्।

 

बिहीबार प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुरामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भनिन्- ‘कांग्रेसको मेयर नै हुनुहुन्न त हामीले किन पैसा पठाउँछौँ। त्यसैले यो कुरालाई पनि ध्यान दिएर यो करुवा-सरुवा-हरुवा पार्टीहरुलाई भोट नहाल्नुस्।’

 

कांग्रेसका पूर्वजिल्ला सभापति कर्ण मल्लप्रति लक्षित गर्दै उनले करुवा चिह्नको विरोध जनाएका हुन्। सो पक्ष करुवा चिह्नबाट निर्वाचनमा होमिएको छ। करुवा नेपाली कांग्रेस बीपीको चुनाव चिह्न हो।