५ वर्षमा टाउको झुकाउन नपर्नेगरि काम गरेकी छु : रेनु दाहाल

चितवन । गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकामा मेयर उम्मेदवार रेनु दाहालले चितवनमा गठबन्धनको जित सुनिश्चित भएको बताएकी छन् । चरतपुर महानगरपालिकामा गठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार दाहालले बाहिर आएजस्तो गठबन्धनमा कुनै पनि समस्या नभएकोले भरतपुर महानगरमा पुनः दोहोरीने बताईन् ।

अघिल्लो कार्यकालमा भरतपुरमा विकासले कोल्टे फेरेको बताउदै दाहालले बाँकी रहेका काम पुरा गर्नका लागि पुनः एकपटक मेयरमा लडेको बताईन् ।

‘५ बर्षमा टाउको झुकाउन नपर्नेगरि काम गरेकी छु । प्रतिपक्षका आगाडि आँखामा आँखा जुधाएर गर्व गर्न लाएक महानगर बनाउका छौं ।’ उनले भनिन् ।

भरतपुर महानगरको मेयरमा रहेर गरेका कामहरु बताउँदै दाहालले साझा ढंगले अगाडि बढ्ने प्रतिबद्दता पनि व्यक्ति गरिन् । जनताको अभिमतबाट केपी ओलीलाई परास्त पार्ने उनले बताईन् ।