पालुङ्टार नगर प्रमुख अब को ? यस्तो छ सम्भावना !

गोरखा – पाँच दलिय गठबन्धन गरेर स्थानीय निर्वाचनमा जाने भनेपनि पालुङ्टारको सन्दर्भमा भागबण्डा नमिल्दा गठबन्धनको कोसिसले सार्थकता पाउन सकेन। दुई दलिय गठबन्धन गरेर भएपनि जाने प्रयास गरेका थिए तर त्यसले पनि कुनै सार्थकता पाएन। यदि बेला गठबन्धका सबै कुराहरु बालुवामा पानी खनाएको जस्तो भएको छ। त्यसैले सम्पूर्ण दलहरु एकल-एकल तरिकाले स्थानीय निर्वाचनको मैदानमा उत्रिएको छन् ।

यो भन्दा अघिल्लो स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट ई. दिपक बाबु कंडेलले नगर प्रमुखमा जित हाँसिल गरेर थिए। उप-प्रमुखमा भने पम्फा बसेलले जित हाँसिल गरेकी थिइन् । यसरी हेर्दा पनि पॉंच वर्ष अघि नेपाली कांग्रेस र माओवादी केन्द्र शक्तिशाली रहेको तथ्यांक नै छ। नगर प्रमुखमा नेपाली कांग्रेसले जित्दै गर्दा माओवादी केन्द्र दोस्रो पार्टी हुन् सफल भएको थियो। केही मतको अन्तरले माओवादी केन्द्रको उम्मेदवार विवश चिन्तन ‘अजय’ ले पराजयको सामना गर्नु परेको थियो।

यो पटक पालुङ्टारको नगरप्रमुखमा कांग्रेसबाट ई. दिपक बाबु कंडेल, माओवादी केन्द्रबाट विवश चिन्तन ‘अजय’ र जसपाबाट प्रेम गुरुङ बिच प्रतिस्पर्धा रहेको छ। अरु दलहरुले पनि उम्मेदवारी दिएपनि यी तीन दलको बीच स्पर्धा रहेको कुरा सार्वजनिक भएको छ। अघिल्लो स्थानीय निर्वाचनमा पालुङ्टारमा खसेको मतको आधारमा हेर्दा यी पार्टीहरु क्रमस: पहिलो, दोस्रो र तेस्रो पार्टी रहेको छन् । तर यतिबेला पाँच बर्ष अघिभन्दा निकै जटिल छ। सबै दलको नेता र कार्यकर्ताले आफू जित्ने कुरा राखे पनि जित आखिर एउटा दलको हुने हो। त्यसैले यसपटक यी तीन दल नगर प्रमुख जित्नको लागि निकै दौडधूप गरेका छन्। आफ्नो उम्मेदवार जिताउन अभियान नै चलाएका छन्।

ई. दिपक बाबु कंडेलले नगर प्रमुख जित्ने सम्भावना कति ?
एकपटक जितेर पाँच वर्ष आफ्नो सफल कार्याकाल समालेका ई. दिपक बाबु कंडेल पुन: नेपाली काँग्रेसबाट पालुङ्टारको नगरप्रमुखमा आफ्नो उम्मेदवारी दिएका छन्। नगरप्रमुखको जिम्मेवारीलाई सफल तरिकाले सम्पादन गरेको भन्दै नेपाली काँग्रेसले कंडेललाई पुन: प्रमुखको उम्मेदवारमा उभ्याएको हो।

कंडेल आफू नगरप्रमुख हुँदै गर्दा पालुङ्टारको विकाससँगै आफ्नो दल पनि बलियो बनाउँदै लगेका थिए। विद्यार्थी र युवालाई प्रोत्साहन गर्दै कंडेलले आफ्नो दलसंग आवद्व गराएका थिए। कंडेल नगरप्रमुख भएपछी कांग्रेस झन्-झन् शक्तिशाली हुँदै गएको थियो। र, अहिले हेर्नु पर्दा प्रमुखको उम्म्मेदवार दिंदै गर्दा कंडेल पछाडी धेरै जनताको साथ देखिएको छ।

कंडेलले पालुङ्टारको नगरप्रमुख जित्ने सम्भावना तीव्र छ। एकपटक दुई दलसंगको बलियो प्रतिस्पर्धाबाट विजय बनेका कंडेल यसपटक पनि विजय हुने सम्भावना निकै बोकेका छन्।

विवश चिन्तन ‘अजय’ले नगर प्रमुख जित्ने सम्भावना कति ?
लामो समयदेखि राजनीति गरिरहेका विवश चिन्तन ‘अजय’ माओवादी केन्द्रबाट पालुङ्टार नगरप्रमुखको उम्मेदवार हुन्। अजयले आफ्नो भविष्य नै देश, समाज र राजनीतिलाई नै दिएका छन्। भूमिगत जीवन समेत बिताएका अजयले यसपटक जित्न सक्ने सम्भावना निकै देखिएको छ।

पालुङ्टारमा पहिलेको भन्दा बढी माओवादी केन्द्रको सक्रिय सदस्यहरु रहेका छन्। केही विचलित भएर अर्को दल प्रवेश गरेका कार्यकर्ताहरु फर्किएको अवस्था पनि छ। माओवादी केन्द्र संगसंगै अजय पनि शक्तिशाली भएका छन्।

२०७४ सालमा नगरप्रमुखमा उठेका अजयले पराजयको अनुभव बटुल्नु परेको थियो। तर यसपटक अजय निकै फरक शैलीमा जनता माझ प्रस्तुत भएका छन्। जनताहरु अजयको विषयमा सकारात्मक भएको कुरा आएको छ। र, यसपटक अजयलाई नगरप्रमुखको रुपमा देख्ने सम्पूर्ण पालुङ्टार वासीले सपना नै देखेका छन्। यो पटक अजयले पराजयको अनुभव बटुल्नु पर्ने सम्भावना निकै न्यून रहेको छ।

प्रेम गुरुङले नगर प्रमुख जित्ने सम्भावना कति ?
प्रेम गुरुङ त्यस्तो पात्र हुन् जसले सामाजिक रुपान्तरण र राजनीति परिवर्तको लागि आफूले गरिरहेको सरकारी जागिर नै छाडेर पालुङ्टारको नगरप्रमुखमा उम्मेदवारी दिए। उनीले जसपाबाट पालुङ्टार नगरप्रमुखमा उम्मेदवारी दिएका हुन् । उनी पालुङ्टारमा परिचित व्यक्ति हुन् तर राजनीतिमा नयाँ व्यक्ति हुन्।  कंडेल र अजय राजनीतिमा पहिलेदेखि नै परिचित पात्र हुन् तर यदिबेला पालुङ्टार वासीहरु नयाँ पात्र खोजिमा छन्। सायद जनताहरुले प्रेम गुरुङ जस्तै सक्षम र नयाँ पात्रको खोजि गरेका थिए जस्तो देखिन्छ ।

यदिबेला गुरुङले विद्यार्थी र युवाहरुलाई निकै प्रोत्साहन गरेको देखिन्छ। सामाजिक संजालामा पनि गुरुङको निकै क्रेज भेटिन्छ। शिक्षकको भूमिकामा समेत कुशल देखिएका गुरुङ यसपटक नगरप्रमुखको भूमिकामा पनि कुशल देखिने जनताको आशा छ।

यसपटक राजनीतिमा नयाँ पात्रको रुपमा उम्भिएका गुरुङको नगरप्रमुख जित्न सक्ने सम्भावना निकै देखिएको छ। जनताहरु पनि गुरुङको पक्षमा सकारात्मक देखिएका छन्।
(तीन दल बीच निकै प्रतिस्पर्धा हुने कुरा नै निश्चित छ। हार र जित जे भएपनि तीन जना उम्मेदवार नै सक्षम उम्मेदवार रहेका छन्। हार र जित यसो हेर्नुपर्दा निकै थोरै मतको अन्तरले हुने देखिएको छ।  )