प्रचण्डले गज्जबको छोरी पाउनुभएको छ : सन्दीप क्षेत्री

चितवन । हास्य कलाकार सन्दीप क्षेत्रीले प्रचण्डले गज्जबको छोरी पाएको बताएका छन् । गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै हास्य कलाकार क्षेत्रीले रेनु दाहाललाई दिदी भन्दै प्रचण्डले गज्जबको छोरी पाएको बताए ।

चितवनमा पहिले देखेको चितवन र अहिले देखेको चितवनमा धेरै फरक पाएको वताउदै उनले यो रेनु दाहालका कारण मात्रै सम्धव भएको बताए ।

उनले कुनै पार्टीका लागि यो चुनावी सभामा आएको नभई रेनु दाहालले राम्रो काम गरेकाले धन्यबाद भन्न मात्रै उपस्थित भएकोे बताए ।