अखिल क्रान्तिकारी १०० विद्यार्थी परिचालनमा रामचन्द्र सिर्मल सिरानचोक गाउँपालिकाको कमाण्डर

गोरखा । स्थानिय निर्वाचनको माहोल सँगै अखिल क्रान्तिकारीले एक बुथ एक सय विद्यार्थी परिचालन अभियान ल्याएको छ । त्यही अभियानमा सिरानचोक गाउँपालिकाको बुथ कमाण्डरमा रामचन्द्र सिर्मलको नाम परेको छ ।

सिर्मल विद्यार्थी राजनीतिमा निकै सक्रिय छ्न् । सिरानचोक गाउँपालिकाको अखिक क्रान्तिकारी नगर कमिटीको इञ्चार्ज समेत रहेको सिर्मल अखिल क्रान्तिकारीको जिल्ला सदस्य पनि हुन् । उनी शंखर देव क्याम्पसको कोषाध्यक्ष पनि हुन् । सानो उमेरदेखि नै राजनीति ज्ञान भएका सिर्मल यतिबेला अध्ययन सँगसँगै राजनीतिमा पनि सक्रिय छन् । समाजसेवीको रुपमा पनि आफ्नो राम्रो छाप बनाउन सफल भइसकेका छन् ।