अखिल क्रान्तिकारी १०० विद्यार्थी परिचालनमा सविन अधिकारी गण्डकी गाउँपालिकाको कमाण्डर

गोरखा । स्थानिय निर्वाचनको माहोल सँगै अखिल क्रान्तिकारीले एक बुथ एक सय विद्यार्थी परिचालन अभियान ल्याएको छ । त्यही अभियानमा गण्डकी गाउँपालिकाको बुथ कमाण्डरमा सविन अधिकारीको नाम परेको छ ।

अधिकारी सानै उमेर देखि समाजसेवा कार्यमा सक्रिय व्यक्ती हुन् । सामजसेवा गर्दै उनी विद्यार्थी राजनीतिमा पनि सक्रिय भएका छन् । यतिबेला अधिकारी शकरदेब क्याम्पस सह इञ्चार्ज तथा उपत्यका बिशेष कमिटी सदस्य भएका उनी गण्डकी गाउँपालिकाको अखिल क्रान्तिकारीको इञ्चार्ज पनि हुन् । उनी समाज रुपान्तरणको लागि गहन विषयवस्तु उठाउँदै विद्यार्थी राजनीतिमा होमिएका व्यक्ती हुन् । राजनीतिज्ञ सँगसँगै अधिकारी जनचेतनामूलक कार्यक्रम लगाय विभिन्न समाजसेवमा पनि सक्रिय हुँदै आएका युवा नेता पनि हुन् ।