मुकुन्देबाट प्रभावित यी उम्मेदवारले ल्याए हेलिकप्टरबाट बीउ छर्ने घोषणापत्र

काठमाडौं, २० वैशाख । मुकुन्देको नामले चर्चित मुकुन्द घिमिरेले हेलिकप्टरले बीउ छर्ने र करोडौं जनतालाई सुखले पालेर ३६५ दिन नै दशैं जस्तै सुख सन्तोष हुने मुकुन्दल्याण्ड बनाउने नारा ल्याएको दशक भइसकेको छ । उनको यो नारा स्थानीय निकायको चुनावमा कतिपय उम्मेदवारहरुले उठाउन थालेका छन् ।

डडेलधुराको भागेश्वर गाउँपालिकाका खडक ठकुराठीले मुकुन्देको नारालाई घोषणा पत्रमा समावेश गरेका छन् । उनले घोषणापत्रको ४ नम्बरमा भागेश्वर गाउँपालिकाको खेती योग्य जमिनमा मौसम अनुसार हेलिकप्टरबाट बीउ छने र हेलिकप्टर बाटै सिंचाईको व्यवस्था मिलाइने उल्लेख गरेका छन् ।

यसबाहेक उनले महाकाली नदीमा नेपाली झण्डाबाहक पानी जहाज चलाइने भनेका छन् । यो एमाले अध्यक्ष केपी शर्मा ओलीले उठाएको नारा हो ।

गाई, भैंसी तथा बाख्राहरुलाई अस्पतालमा सुत्केरी हुने व्यवस्था गरिने ठकुराठीको घोषणापत्रमा उल्लेख छ ।