पालुङ्टार यसरी हुँदै छ नेपाली केजरीवालको उदय !

गोरखा – स्थानीय मिति तोकिएपछी नेपालमा चुनावी माहोल बनेको छ। जताततै चुनावी माहोल बनेसँगै दलहरुबाट टिकट पाउनेहरुको लस्कर छन्। आफ्नो पार्टीको सिद्वान्तलाई अंगालेर केही नेताहरु चुनावी मैदानमा होमिका छन्। तर केही नेताहरु भने स्वतन्त्र उम्मेदवारी दिएका छन्। बालेन शाहले काठमाडौँ महानगरपालिकामा स्वतन्त्र मेयर पदको उम्मेदवारीले जति चर्चा बटुल्न सफल भएको छ पालुङ्टार वडा नम्बर ४ को स्वतन्त्र वडा अध्यक्ष पदको उम्मेदवार कृष्ण प्रसाद सोडारीको पनि पालुङ्टार त्यस्तै चर्चा बटुल्न समय भएको छ।

कृष्ण प्रसाद सोडारीलाई पालुङ्टारमा के.पि सोडारी भनेर सम्बोधन गरिन्छ तर वडा अध्यक्षमा आफ्नो स्वतन्त्र उम्मेदवारी दिएसंगै पालुङ्टार वासीले उनलाई नेपाली केजरीवाल पनि भन्दै आइरहेका छन्। उनीले दिएका भिजन र पालुङ्टार वडा नं. ४ लाई बनाउन खोजेको उनको योजनाले सबैले उनलाई पालुङ्टारलाई समृद्व बनाउने केजरीवाल भनेका हुन्।

के.पि सोडारीले सानै देखि समाज र राजनीति प्रति चासो राख्ने व्यक्ति हुन्। आफ्नो विद्यार्थी जीवनको सानै उमेर देखी उनि वक्तृत्व कला र वादविवाद प्रतियोगितामा भाग लिन्थे। र, त्यस कार्यक्रमहरु सधै प्रथम हुन्थे। प्रथम भएको प्रमाणपत्र अझै पनि उनको घरको भित्तामा झल्किरहेका छन्।

बोल्न कलाको विकास भएपछी उनी सानै उमेर देखि क्लव र अन्य विद्यालयको कार्यक्रमहरु संचालन गर्न निकै मन पराउन्थे। कार्यक्रममा बोल्न पाउँदा उनलाई छुट्टै आनन्दको अनुभूतिहरु प्राप्त हुन्थ्यो।

खोलाको पानी जस्तै निरन्तर बग्दै गरेको सोडारीको जिन्दगीमा एउटा नमिठो दु:खद् घटना घट्यो। कक्षा सात अध्ययन गर्दैगर्दा उनको बुबाको स्वर्गवास भयो। सोडारी त्यस क्षण निकै विचलित भए तर हिम्मत हारेनन्। ठूलो पहाड चढ्न हिंडेका सोडारी त्यतिबेला निकै निराश त भए तर समाज रुपान्तरण गर्न हिँडेका उनी डराएनन्। जिन्दगीमा आइपर्ने हर समस्यासँग जुधे।  हरेक संघर्षलाई चुनौती सम्झेर अघि बढे। पारिवारिक जिम्मेवारी उनको काँधमा आइपरेको थियो। आर्थिक रुपमा सोडारी परिवार त्यति सक्षम पनि थिएन। आर्थिकरुपमा कमजोर भएपछी उनी श्री अमर ज्योति जनता माध्यमिक विद्यालयमा आफ्नो एस.एल.सी सकेर उनी काठमाडौँ पसे।

मोफोसल देखिको राजधानीको यात्रा उनको निकै सकस थियो। उनलाई पैसा संगसंगै आफ्नो अध्ययनलाई पनि निरन्तरता दिनु थियो। त्यसैले उनले तीन बर्षे डिप्लोमा गरे। सिभिल इन्जिनियरिंग गर्दै बिहान बेलुका आफ्नै किनारा पसल खोलेर काम गर्न थाले। आफू विद्यार्थी जीवनमा हुँदैमा उनी नेपाली विद्यार्थी(नेबि) संघमा आवद्व भए।  विद्यार्थी राजनीति, अध्ययन र कामलाई मिलाउदै गर्दा ती दिनहरुमा सोडारीलाई निकै सकस थियो। अध्ययन र कामलाई संगसंगै लैजानु पर्दा कहिलेकाही सोडारी भोकभोकै कलेज गएर पढेको अनुभव पनि छ। ती अनुभवहरु बटुल्दै उनी आफ्नो अध्ययन सके।

अध्ययन सकेपछी उनी एउटा प्राइभेट कम्पनीमा आवद्व भए। त्यहाँ केही समय काम गरेर अनुभव बटुल्दै उनी रेड क्रस सोसाइटी गोरखा शाखामा उनले काम गर्न थाले। त्यहाँ चार वर्ष काम गरेर उनी आफ्नो गाउँ फर्के।  गाउँ फर्केपछी उनी सामान्य व्यवसाय गर्ने थाले। इट्टाभट्टा  खोलेर त्यहाँ काम गर्दै यता समाजसेवामा पनि सक्रिय हुन थाले। विभिन्न संस्थाहरु र क्लवहरुलाई आर्थिक सहयोग गर्न थाले। केही नयाँ क्लवहरु पनि खोल्न युवालाई प्रोत्साहन गरे।

सामाजिक र राजनीतिका मात्रै होइन सोडारीले आफ्नो स्नातकको अध्ययनलाई निरन्तरता दिँदै आर.आर क्याम्पसमा ग्रामीण विकास र सामाजिक शास्त्रको तेस्रो वर्ष अध्ययन पनि गर्दै छन्।

उनी यतिबेला सक्रिय राजनीतिमा भन्दा सक्रिय समाजसेवीको रुपमा परिचित छन्। यही कुरालाई मध्यनजर गरी उनीले पालुङ्टार वडा नं. ४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए।  यतिबेला उनले आफ्नो नाम मनोनय गरेर पनि चुनाव चिह्न पाएका छन्।  उनलाई यतिबेला ‘पुतली’ चुनाव चिह्न पाएका छन्। र, पालुङ्टार नै पुतलीमय बनाएका छन्।

युवा र विद्यार्थीको सोडारीलाई एकलौटी साथ छ भने स्थानीय नेताहरु पनि सोडारीको उम्मेदवारी प्रति सकारात्मक रहेको कुरा छ।  यतिबेला पालुङ्टार वासीहरुले सोडारीलाई जिताउन सामाजिक संजालमा अभियान नै चलाएका छन्। युवा नेता र समाजिकसेवी सोडारीले जिते आफ्नो वडा विकास हुने सम्भावना रहेको भन्दै बुढाबुढीले पनि उनलाई साथ दिएका छन्।

लगभग ८०% मत सोडारीको पुतली चुनावी चिह्न आउने स्थानीय नेताहरु ठोकिवा गरेका छन्।  सक्षम व्यक्ति भएको कारणले उनलाई ‘केजरीवाल’को उपनाम दिएको छ। यस पटक सोडारी नै पालुङ्टार वडा नं. ४ को वडा अध्यक्ष हो भन्दा फरक नपर्ला।