म महिलामैत्री हुँ, त्यसैले मेरो धेरै फोटाहरु महिलासँग देखिन सक्छ : केशव स्थापित

काठमाडौं।नेकपा एमालेको काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलाले आफूलाई आरोपित गरेको गुनासो गरेका छन्।मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू महिलामैंत्री भएको भन्दै हिंसाको आरोप सही नभएको जिकिर गरेका छन्।

यदि बेला स्थापित विवादमा तानिएका छ्न् । विभिन्न महिलाहरुसँग नाम जोडिएर आएका समचार प्रति कुनै सत्यता नरहेको उहाँले बताउनु भएको छ । मेयरको उम्मेदवार भएको कारणले केही पार्टीहरु उनलाई हराउन लागि परेको कुराहरु पनि बताउनु भयो । त्यस्तो पार्टीले फैलाउनु भएको भ्रममा कुनै सत्यता नरहेको र विश्वास गर्न नहुने कुरा बताउनु भएको छ ।