चुनाबी गित ‘एमालेको जित’ सार्वजनिक (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा स्थानिय चुवान नजिकिए संगै कलाकारहरुले हरेक पार्टिलाई समर्थन गर्दै गित निकाल्ने क्रमको ओईरो लागेको छ । त्यसैलाई मध्यनजर गर्दै नेकपा एमाले बडिमालिका नगरपालिकाको प्रस्तुतिमा रहेको नयाँ चुनाबी गित ‘एमालेको जित’ भखरै सार्वजनिक भएको छ ।

दोहोरी सर्जक डम्बर विश्वकर्माको उत्कृष्ट शब्द सृर्जना एवम् सर्जक एवम् चर्चित एरेन्जर विनोद बाजुरालीको लय रचना एवम् संगित संयोजन रहेको गितमा नेकपा एमालेको बारेमा चर्चा गरिएको छ । लक्ष्मी खड्का, राजेन्द्र बाजुराली र डम्बर विश्वकर्माको आवाजमा रहेको उक्त गितलाई डम्वर विश्वकर्माकै अफिसियल युटुव च्यानल बाट बजारमा सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :