सुनिता बुढा क्षेत्री र आशिष धर्ति मगरको आवाजमा ‘पिरतिको बत्ती’ सार्वजनिक (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री र आशिष धर्ति मगरको आवाजमा रहेको नया दोहोरी गित ‘पिरतिको बत्ती’ केही दिन अघि मात्रै सार्वजनिक भएको छ । भने गितमा गायिका गितान्जली गिरिले पनि आवाजमा साथ दिएकी छिन् । गितान्जली गिरिकै उत्कृष्ट शब्द सृर्जना एवम् गायक आशिष धर्ति मगरको लय रचना रहेको गितमा मायालु जोडीहरुको प्रेमिकल कथाबस्तु दर्शाईएको छ ।

गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । भिडियोलाई युवा निर्देशक विशाल बैरागीले निर्देशन गरेका छन भने अभिनयमा आयुष्मा कार्कि, अतित थापा, शिव कुमाल र सुस्मिता खतिवडाले अभिनयमा साथ दिएका छन । अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई विरेन्द्र परियारको छायांकन एवम् अनिल विष्टको सम्पादन रहेको छ । गितको म्युजिक भिडियो अत्यन्तै रोचक र लोभलाग्दो वनेको छ |

उक्त गितको म्युजिक भिडियो Sanam Creation को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :