केशव स्थापितलाई बालेन शाहले फर्काए जवाफ

काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवार बालेन शाहबारे नेकपा एमालेका उम्मेदवार केशव स्थापितले अराजनीतिक टिप्पणी गरेको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ । स्थापित एक पछि अर्को विवादित अभिव्यक्ति दिन थालेका छन्।

केही दिनअघि काठमाडौँमा आयोजित कार्यक्रममा प्रश्नकर्तामाथि रोष प्रकट गर्दै ‘यु आर नाइस लेडी तर थुतुनो ठिक भएन’ भन्ने अभिव्यक्ति दिएर विवादित बनेका थिए स्थापित। फेरि आइतबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा स्थापितले आफ्ना प्रतिद्वन्द्वीमाथि अराजनीतिक टिप्पणी गरेपछि विवादमा तानिएका छन्।

स्थापितले अराजनीतिक भाषामा शाहलाई ठग भएको आरोप लगाए।
‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। उ त अन्तर्राष्ट्रिय ठग रहेछ। हिजो टिकटक हेरेको त, म काठमाडौँमा जन्मेको यो त यहाँको शाह हैन रहेछ। मधेशतिरको शाह रहेछ। सुरुमै यस्तो ठग कुरा ग¥यो। दर्तावाल ठग। जनतासँग आँखा जुधाएर कुरा गर्न सक्ने आँटै रहेनछ,’स्थापितले जातीयताको विषय समेत उठाएका छन्।

आफ्ना अभिव्यक्तिका कारण विवादमा आइरहने स्थापितका लागि चर्चामा आइरहने अभिव्यक्ति दिनु नौलो विषय भने होइन। तर, आसन्न निर्वाचनको मुखमा प्रतिस्पर्धीमाथि गरिएको उनको टिप्पणी निर्वाचन आचारसंहिता विपरीत देखिन्छ। यता बालेन शाहले स्थापितलाई पथ्थरकोृ जवाफ फुलबाट दिएका छन् ।

बालेनले स्थापितलाई जवाफ दिदै भनेका छन्, अहिलेको हाम्रो प्रचारप्रसारमा हामिले गरेको दृष्टिकोण र कुराहरु बुझ्दा पनि यसपाली बुवाआमाले आफ्ना छोराछोरीलाई भोट यसमा हाल्ने भन्दापनि छोराछोरीले चै बुवाआमालाई यसमा भोट हाल्ने भन्ने भाछ अनि त्यो उमेर समुहमा चाहिँ हाम्रो ब्रान्डिङ केशव स्थापितले गर्दी रहनु भाको छ। अस्ति नरदेवीमा हामीले घरदैलो गर्दाखेरी ’ए! केशव स्थापितले सधैं गाली गर्ने मान्छे यहि पो हो’ भनेर उहाँहरुले खोज्नु भएको थियो। यसले गर्दा हाम्रो ब्राण्ड एम्स्डर चाहिँ केशव स्थापित हुनुहुन्छ बुढापाकालाई फकाउने काम गर्नको लागि।“