बालेन शाह त नम्बर वान ठग पो रहेछ : केशव स्थापित

काठमाडौं : नेकपा एमालेबाट काठमाडौं महानगरपालिका प्रमुखको प्रतिस्पर्धी रहेका केशव स्थापतिले स्वतन्त्र उम्मेदवार बालेन शाह ‘नम्बर वान ठग’ रहेको आरोप लगाएका छन्। राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आइतवार स्थापितले उक्त आरोप लगाएका हुन्।

‘बालेन शाह भन्ने त नम्बर वान ठग पो रहेछ,’ स्थापितले भने, ‘उसलाई भोट हाल्ने त अब?’ जनतासँग सीधा नजरले हेर्न नसकेर बालेनले कालो चश्मा लगाएकोसमेत उनको आरोप रह्यो। यो पनि :-

केन्द्रीय समितिमा खटपट

गत ३ चैतदेखि १३ सम्म नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको १२औं केन्द्रीय समितिको बैठक बस्यो । बैठकले महासचिव ‘विप्लव’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पास गर्‍यो ।

महासचिव ‘विप्लव’ ले स्थानीय तह निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ताव गरेका थिए । तर, उनको प्रस्ताव अस्वीकृत गरियो । बैठकले चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसी विरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने, पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति पारित गरेको थियो ।

बहुमत सचिवालय सदस्यहरूले भने संसदीय व्यवस्था मान्न नहुने र चुनावमा कुनै पनि हालतमा सहभागी हुन नसकिने अडान राखेका थिए । त्यसमा थिए- सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’, हेमन्तप्रकाश वली ‘सुदर्शन’ ।

उनीहरूले बैठकमै फरक मत राखेका थिए । केन्द्रीय सचिवालयका पाँच नेतामध्ये कञ्चन र सुदर्शनसँगै केन्द्रीय समितिका बहुमत सदस्यले चुनाव लड्ने कदमको विरोध जनाएका थिए । ६८ जना केन्द्रीय सदस्यमध्ये ४० जना केन्द्रीय सदस्यहरू महासचिव विप्लवको चुनावमा सहभागी हुने प्रस्तावको विपक्षमा उभिएका थिए ।

विप्लवको उक्त प्रस्तावमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, ले समर्थन जनाए । पार्टीभित्र नै अल्पमतमा परेपछि विप्लव–प्रकाण्ड समूहले उनीहरूमाथि कारबाहीको तयारी थाल्यो ।

चुनाव नलड्ने नीति विपरीत प्रकाण्डले आफ्नै जिल्ला कालिकोट पुगेर आफ्नै भाइ बुहारी कलशा विकलाई उम्मेदवार बनाए । नरहरिनाथ गाउँपालिकाको अध्यक्षका लागि पार्टीका केन्द्रीय सदस्य एटम बिसीलाई उम्मेदवार बनाए । यस्तै रास्कोट नगरपालिकामा केन्द्रीय सदस्य धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकलाई उम्मेदवारी दर्ता गराउन लगाए ।

आफै कारबाहीमा पर्न लागेको थाहा पाएपछि झस्विकिए विप्लव

प्रकाण्डले आफ्नो प्रस्ताव असफल भएपछि असन्तुष्ट बनेका प्रकाण्डले विप्लवलाई पेलेरै भए पनि आफ्ना केही मान्छेलाई चुनावमा भाग लिने वातावरण बनाए । पार्टीको तर्फबाट धमाधम उम्मेदवारी पर्न थालेपछि सचिवालय सदस्य कञ्चनले १२ वैशाखमा विज्ञप्ति निकाल्दै विरोध जनाए । सचिवालय सदस्यको हैसियतमा कञ्चनले निकालेको विज्ञप्तिमा उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।

विज्ञप्तीमा उनले समग्र सचिवालयको तर्फबाट भनेका थिए । उक्त विज्ञप्तिप्रति विप्लव-प्रकाण्ड समूह रूष्ट बन्यो । चुनावमा उठाएका उमेद्वारलाई जिताउन लाग्नुपर्नेमा