रोकिएन् प्रचण्ड माओवादी रित्तिनेक्रम, अर्का चर्चित नेताले छाडे पार्टी

काठमाडौं ः नेकपा माओवादी केन्द्रका नेता एवं बर्दियाको राजापुरका हालका मेयर शिवप्रसाद थारुले पार्टी छोड्ने घोषणा गरेका छन्। लुम्बिनी प्रदेश कमिटीको निर्णयमा असहमति जनाउँदै पार्टी छाड्ने घोषणा गरेका हुन्।

’बर्दियाको राजापुरमा नेकपा (मा)बादी केन्द्र )बाट ४ जना लुम्बिनी प्रदेश कमिटी सदस्य शिवप्रसाद चौधरी,सुरेश बहादुर भुल, शान्ति चौधरी, रामबहादुर चौधरीसहित ५०० जना कार्यकर्ताद्वारा सामूहिक राजीनामा,’ फेसबुकमा उनले लेखेका छन्।

उनीहरुले राजापुर नगरपालिका–५ को वडाध्यक्षमा विवाद भएको बताएका छन्। उक्त वडामा जिल्ला समन्वय समितिले रामबहादुर थारुलाई टिकट दिए पनि प्रदेश कमिटीले हस्तक्षेप गरेको उनीहरुको आरोप छ। प्रदेश कमिटीले पत्र लेख्दै माओवादीको आधिकारिक उम्मेदवार रमेश चौधरी भएको बताएको थियो।