के.पि सोडारीले बनाइदिए पालुङ्टार वडा नं. ४ पुतलीमय

गोरखा । पालुङ्टार नगरपालिका वडा नम्बर ४ काे वडाध्यक्षमा युवा नेता कृष्ण प्रसाद साेडारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

विद्यार्थी र युवाहरुको सम्पूर्ण सपोर्ट भने सोडारीलाई नै गएको छ । नातावाद र कृपावाद राजनीतिबाट हटाउन यतिबेला सोडारीले स्वतन्त्र आफ्नो उम्मेदवार दिएका छन् । वडा नम्बर चारमा पहिल्यै देखि सोडारी सक्रिय र सकारात्मक छवि बनाएका युवा नेता पनि हुन् ।

सोडारीले यतिबेला पुतली मतदान चिह्न पाएका छन् । पालुङटार वडा नम्बर चार उनले पुतलीमय बनाइदिएका छन् । युवा र विद्यार्थीहरु ह्वात्तै मत पाउने भएका छन् । स्थानिय नेताहरुले पनि उनलाई सपोर्ट गरिरहेका छन् । समाजसेवी छाप लिएर अघि बढेका सोडारीले यतिबेला भारी मतले विजय हुने निश्चित नै देखिएको छ ।<p> पालुङ्टार वडा नं. ४ का वडा अध्यक्षको उम्मेदवारमा सबैभन्दा सक्षम व्यक्ति सोडारी नै रहेको दाबी छ । अरुभन्दा युवा र सक्रिय व्यक्ती सोडारीले यो पटक वडा अध्यक्ष लगभग आफ्नो हात पार्न लागिसकेका छन् ।