कांग्रेसका बागी उम्मेदवार एमालेमा प्रवेश !

काठमाडौं। बैतेश्वर गाउँपालिको उपाध्यक्षमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेस दोलखा जिल्लाका पूर्वउपसभापति छबी लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । कांग्रेसबाट गाउँपालिका अध्यक्षको टिकटका दाबेदार लामाले अन्तिममा टिकट नपाएपछि उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

एमालेले उनको स्वतन्त्र उम्मेदवारीलाई समर्थन जनाउँदै पार्टीबाट उम्मेदवारी दिएकी नविना लामालाई फिर्ता बोलाएको छ । एमाले दोलखा जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धरले कांग्रेस नेता लामा एमाले प्रवेश गरेपछि उनलाई एमालेले उपाध्यक्षमा सहयोग गर्ने र एमाले उम्मेदवारले मनोनयन फिर्ता लिने सहमति भएको बताए ।

लामालाई एमाले पोलिटब्यूरो सदस्य पार्वत गुरुङ, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठलगायतले पार्टीमा स्वागत गर्दै एमालेको आधिकारिक उपाध्यक्ष उम्मेदवार घोषणा गरेका हुन् ।