केशव स्थापितको उम्मेदवारी अब रद्ध हुन्छ ? स्थापित अब विस्थापित हुँदै (हेर्नुस् विज्ञप्तिसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) पदमा नेकपा एमालेबाट उम्मेदवार केशव स्थापितको नाम पछिल्लो समय निकै चर्चामा आएको छ। आफू रिसको भाडा भन्दै सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ती महङ्गो पर्ने संकेत देखिएको छ । उनको उम्मेदवारी रद्धको माग जोडदार रुपमा उठेको हो  । जताततै बाट उनको विरोध आइरहेको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) पदमा नेकपा एमालेबाट उम्मेदवार केशव स्थापितले सार्वजनिक कार्यक्रममा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै महिला पुनर्स्थापना केन्द्र (ओरेक), महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालसहित ४५ संघसंस्थाले उनलाई कारबाही गर्न माग गरेका छन्।

‘युर आर नाइस लेडी तर तपाईंको थुतुनो ठीक छैन’, ‘यो बहिनीले पनि वेश्यावृत्ति गर्छ भनेर म पनि छपाऊँ’ भन्नु’ आफैंमा लैंगिक हिंसा भएको उल्लेख गर्दै उनीहरूले स्थापितलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

निकै आक्रोसित हुँदै दिएको अभिव्यक्ति यतिबेला स्थापितलाई काठमाडौँको मेयरबाट विस्थापित हुने संकेत देख्न थालिएको छ।  विभिन्न महिलावादी संस्थाहौले उनलाई कारबाही गर्ने माग गरेको छ।

साथै उनी उम्मेदवार हुन लायकको व्यक्ति नभएको भन्दै एमालेले उनलाई कारबाही गरी मेयर पदको उम्मेदवारी रद्द गर्न पनि ती संघसंस्थाले संयुक्त विज्ञप्तिमार्फत माग गरेका छन्। हेर्नुहोस् विज्ञप्ति–