बालेन शाहको घोषणापत्र सार्वजनिक भएकै दिन भयो हिट (पूर्णपाठसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेर राजनीतिक दलका उम्मेदवारलाई चुनौती खडा गरिरहेका –यापर बालेन शाहले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन्। उनको घोषणापत्र सार्वजनिक हुनेबित्तिकै चर्चामा आएको हो । उनको घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारिएको छ।

३१ वर्षीय स्ट्रकचरल इन्जिनियरसमेत रहेका बालेनले व्यक्तिगत घटना दर्ता, वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्ने प्रतिबद्धता जनाएका छन्। सबै वडा र नगरपालिका स्तरमा अनलाइन भुक्तानी प्रणाली सुरुवात गर्ने, सूचनाको हक र खरिद, टेन्डर प्रक्रिया र बजेटको पारदर्शिता डिजिटल माध्यमबाट गर्ने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरुको होम डेलिभरी गर्ने शाहको घोषणा पत्रमा उल्लेख छ ।

युवाहरुलाई उनीहरुको व्यक्तिगत करियर मार्ग पत्ता लगाउन मद्दत गर्ने उद्देश्यले करियर परामर्श र कोचिङ कक्षा उपलब्ध गराउने तथा कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरेर इतिहास, योग, आयुर्वेद जस्ता पौराणिक शिक्षा दिने पनि उनले बताएका छन् ।

हामीले पढे, लेखेको कहिले काम लाग्छ रु भन्दै उम्मेदवारी घोषणा गरेका बालेनले भन्ने गरेका छन्–‘सबैले विकास गर्छु, यो गर्छु त्यो गर्छु भन्दै पूरा नहुने सपना देखाए । मानिसलाई खुसी केले दिन्छ भन्ने कुरा नै मेरो चाहना हो । मेरो घर परिवार, जनता, देशलाई के कुराले खुसी दिन्छ त्यसको पछाडि लाग्ने हो ।

बाटोको धुलो हटाएर खुसी हुन्छ कि खाल्डो पुरिदिएर खुसी हुन्छ कि रु मानिसको मनोवैज्ञानिक खुसीका लागि म मेयरका लागि लड्दैछु । मानिस खुसी हुनुप¥यो। मानिसलाई खुसी बनाउन जे चाहिन्छ म त्यो गर्छु । मैले भनेको कुरामात्र हुनुपर्छ भनेर लाग्दिनँ । मानिसलाई जे कुरा आवश्यकता छ, त्यो कार्यान्वयनको पहल गर्छु ।’

१२ वर्षसम्म आफुले संगीतमार्फत सामाजिक विषयवस्तु, सरकारीदेखि देशको कुरा उठाएको वताएका उनले शक्तिमा गएर ‘मैले जनताका लागि केही गर्न सक्छु कि भन्ने सोचाइ’ आएकाले मेरको उम्मेदवार वनेको उनको भनाई छ। शाहले काठमाडौंको मेयरमा आफूले ९० हजार ८३५ मतले जित्ने दाबी दोहो¥याए ।

अघिल्लो पाँच वर्षकोजस्तो दुःख नभोग्न मतदाताले आफूलाई मत दिनुपर्ने उनले जनाए । व्यवस्थापनको कमजोरीले गर्दा काठमाडौंका जनताले सुख पाउन नसकेको बुझाइ उनको छ । उनको घोषणापत्र चर्चामा आएपछि केहीले बालेनले पहिलो बलमै छक्का हानेको टिप्पणी गर्न थालेका छन् ।