छोरा बिदेशमा बुहारीसंगै बस्दै आएका आमाबाबु मृत भेटीए

बुटवल ।

बुटवलको शिवनगर सामुदायिक वनको जंगलमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।

मृतक दम्पती बुटवल उपमहानगरपालिका वडा नं. ११ का ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

गत वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट हिँडेका उनीहरू घर नफर्किएपछि खोजी गर्दै जाँदा आइतबार मृत फेला परेको प्रहरीले जनाएको छ। उनीहरूका छोराहरू वैदेशिक रोजगारीमा रहेको र घरमा छोरी तथा बुहारीसँगै बस्दै आएको प्रहरीले जनाएको छ।

उनीहरूको शवनजिकै शिशाका बो’त्तल, र’क्सी’लगायतका वस्तु फेला परेकाले उनीहरूले सा’मू’हि’क रूपमा देहत्याग गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरू गरेको जनाएको छ।

यो पनि पढ्नुहोस :-

काठमाडौं ।

सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ । महानगरमा मेयर र उपमेयर १/१ जना सहित उपमहानगरमा मेयर र उपमेयर २/२ जना भागबण्डामा पाएको थियो ।

माओवादीको भागबण्डामा परेको भरतपुर महानगर मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ । योसँगै भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल पुनः उम्मेदवार बन्ने करिब निश्चित भएको छ । माओवादी केन्द्रले रेणुलाई दोश्रो कार्यकालका लागि मेयर उम्मेदवारका रुपमा अघि सारिसकेको छ ।

यसै क्रममा क्याप्टेन विजय लामाले रेणु दाहालको तारिफ गर्दै लामो स्टाटस लेखेका छन्, उनले सामाजिक संजालमा लेख्दै भनेका छन्, हुन त मान्छेको नाम नै ठूलो हो भन्ने गरिन्छ। तर नाम भन्दा पनि ठूलो काम हुन्छ भन्ने मान्यता राख्ने मान्छे हो म। कसैको नाम उसको कामले ठूलो हुन्छ ।

त्यसैले म नामलाई भन्दा पनि व्यक्तिको कामलाई कदर गर्छु र असल काम गर्नेको प्रशंसा गर्न म संकोच मान्दिन । चाहे मैले नचिनेको व्यक्ति नै किन नहोस् कसैले राम्रो काम गरेको छ भने उसको खुलेर प्रशंसा गर्छु र चाहे जति निकटको मान्छे होस् यदि उसले खराब काम गरेको छ भने म उसको पक्षपोषण गर्न सक्दिन।

चुनाव आउँदैछ अब यहाँ अनेक जुक्ति लगाएर असललाई विपक्षीले सजिलै खराब करार गर्छन्। अनि खराबहरु एकदमै असल ठहरिन लाख कोशिस गर्छन्। तर नेपाली जनतालाई चाहिएको विकास र समृद्धि हो। आफ्नो गाउँ शहरलाई विकसित, सुरक्षित र समृद्ध बनाउछु भनेर जनतालाई ठुला ठूला सपना देखाएका हजारौं नेता आज मेयरको कुर्सीमा छन्। केहि नेताहरू पुन मेयरको कुर्सीको लागि लड्न तयार छ्न । यस्तोमा कसले कति गर्‍यो त्यसको लेखाजोखा जनताले गर्नैपर्छ।

एक सचेत नागरिकको हिसाबमा मैले पनि यी सबै कुरा नजिकबाट नियालिरहेको छु। जब जब भरतपुर पुग्छु भरतपुरले विकासको लय समातेको आभास हुन्छ। जसको नेतृत्व एक चेलीले गरिरहनुभएको छ। म उहाँलाई खासै चिन्दिन। न त निकट सम्बन्ध छ। तर भरतपुरको मुहारमा जे जति परिवर्तन ल्याउन खोज्नुभयो त्यसप्रति मेरो उच्च सम्मान छ।

मैले उहाँलाई चिनेको भनेको भरतपुर नगरपालिकाको फेरिएको मुहारले गर्दा हो। एउटा नेपाली चेलीले अगाडि बढाएका योजना, गरेको विकास र उपलब्धी साँच्चै गर्व गर्न लायक छ। उहाँले गरेका उदाहरणीय कामलाई नजरअन्दाज गर्न सकिँदैन।

पार्टी जुनसुकै होस् व्यक्ति र परिवेश जस्तो सुकै होस् हामीलाई चाहिएको विकास र समृद्धि हो। विकास र समृद्धिको लागि दिलोज्यान दिएर काम गर्ने नेता नै नेपाली जनताको रोजाई बन्नुपर्छ। यस्तै चेलीहरु नेतृत्वमा आएर खुरुखुरु काम गरेर देशलाई समृद्ध बनाउनुपर्छ।
जय चन्द्र सुर्य!