एमाले वडाध्यक्षको नटौंकी सुरु :- सरलारी बजेटले बढ्यो सबैलाई साडी

काठमाडौं, १० बैशाख । काठमाडौं चन्द्रागिरि नगरपालिकाको एक वडाका अध्यक्षले स्थानीय महिलालाई सरकारी बजेटबाट साडी वितरण गरेका छन् । निर्वाचनमा मतदाता प्रभावित पार्न सरकारी बजेटको दुरुपयोग गरि वडानम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सरकारी बजेटबाट साडी खरिद गरेर वितरणको तयारी गरेका हुन्।

नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष खड्काले शुक्रबार वडा कार्यालयको लेटर प्याडमा सार्वजनिक सूचना जारी गरेर साडी वितरणको मिति र समय सार्वजनिक गरेका छन्। सूचना अनुसार शनिबार दिउँसो २ बजे वडा कार्यालयमा महिलालाई साडी वितरणको तयारी गरिएको छ।

वडाध्यक्ष खड्काले वडाका महिलालाई वितरणका लागि दुई सय थान साडी पनि खरिद गरिसकेका छन्।

उनले वडा सदस्य सविना राउतमार्फत् साडी खरिद गरेको वडा कार्यालय स्रोतले जानकारी दिएको छ।यो पनि :-

काठमाडौं, १० बैशाख । निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन बोलाएको छ । दिउँसो साढे ४ बजे आयोगले पत्रकार सम्मेलन गर्न लागेको हो ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार २ दिन ७७ मुख्य निर्वाचन अधिकृत र ६७६ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने आयोगले जनाएको छ ।

आयोगले गरेको निर्वाचनसम्बन्धी सबै तयारीको सन्दर्भमा जानकारी दिन प्रमुख निर्वाचन आयुक्त सहितको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।