पीडा र वियोगले भरिएको म कती रुनी (भिडियोसहित)

काठमाडौं । गीतकार बाबुराम गौतमको शब्द तथा अहिलेका व्यस्त संगीतकार प्रमोद पन्तको संगीतमा म कति रुनी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नारायण दंगालको एरेञ्ज तथा सारदा रसाइली र सन्दिप परियारको मार्मिक स्वर रहेको गीतको भिडियो पीपीएम क्रियसन नामको युट्युव मार्फत सार्वजनिक भएको हो ।

प्रेमी प्रेमिकाबीचको सानो भ्रमले दुवै जनालाई कतिसम्म तड्पाउँछ भन्ने देखाउन खोजिएको भिडियोमा सुरज श्रेष्ठ र निहारिका थापाले विछोडिएका प्रेमी प्रेमिकाको रुपमा अभिनय गरेका छन् । मिलन श्रेष्ठले निर्देशन गरेको भिडियोमा विपीन चौलागाईंको छायाँकन तथा रोशन धितालको सम्पादन रहेको छ ।

यस गीतका गीतकार बाबुराम गौतम टोखा नगर शिक्षा प्रमुख समेत हुन् भने युवा सङ्गीतकार प्रमोद पन्त पनि शिक्षक हुन् । गीतकारको भावनाले लेखिएका शब्दमा मौलिक लय निकाल्न सिपालु पन्तले सबै विधाका गीतहरुमा संगीत दिएका छन् ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस्