गायिकाले बयान फेरेको विषयमा ‘जय नारी’ सम्पर्क बिहिन, भइन एकाएक गायब

काठमाडौं । कर णीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन् । जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा गएका नाबालिग ‘होस्टाइल’ हुँदै बयान फेरेकी हुन् ।

सोही विषयमा पिडित भनिएकी गायिकाले न्याय पाउनु पर्छ भन्दै गायिकाको पक्षमा शुरुदेखि नै ओकालत गर्दै आएकी जय नारी अर्थात सावित्री सुबेदीसंग ताजा खबरले कुरा गर्न खोज्दा उनले न फोनको न त मेसेजको कुनै पनि प्रतिकृया दिईनन् । जब कि जय नारीले पिडित भनिएकी गायिकाले कुनैपनि हालतमा न्याय पाउनै पर्छ भन्दै चर्का भाषण गरेकी थिईन् । भाषण मात्रै नभई उनले पिडित भनिएकी नाबालिका गायिकालाई भेटेर धेरै कानूनि सल्लाहहरु पनि दिएकी थिइन् ।

अदालतमा विचाराधिन भएको विषयमा ‘जय नारी’ ले पललाई कर णी गरेको नै दोषि करार गरेर पलले कुनैपनि हालतमा सजाय पाउनै पर्छ र उनी उम्कन हुँदैन भन्ने अभिव्यक्तिहरु दिएर कानूनलाई खबदारी गरेकी थिईन् । उनले भनेकी थिईन्,‘होला पल सेलेब्रेटी तर अहिले ऊ एउटा ब’ला’त्का’री हो । उस्ले नाबालिगलाई ब’ला’त्का’र गरेको छ । त्यसैले ऊ कुनैपनि हालतमा उम्कन हुँदैन र पाउँदैन पनि ।’ पल र गायिका प्रकरण बाहीरिने बित्तिकै ‘जय नारी’ ले आफ्ना अभिव्यक्तिहरुलाई सार्वजनिक गरेको आधारमा आज गायिकाले बयान फेरेको विषयमा सम्पर्क गरेर उनका विचारहरु बुझ्न खोज्दा उनी सम्पर्क बिहीन बनेकी छन् ।

आजको बयानमा गायिकाले आफु त्यो समयमा बिरामी भएको हुनाले के बोलें त्यो बारे थाहा नभएको बताएकी छन् । अदालतले थुनछेक आदेशपछि बकपत्र गराइरहेको छ । त्यसक्रममा जिल्ला अदालत तनहुँमा जारी बकपत्रका क्रममा पीडित भनिएकी नाबालिगले बयान फेरेकी हुन् । स्रोतका अनुसार उनले आफूलाई पलबाट कर णी नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बताएकी छन् ।

अदालतले थुनछेक आदेशपछि बकपत्र गराइरहेको छ। त्यसक्रममा जिल्ला अदालत तनहुँमा जारी बकपत्रका क्रममा पीडित भनिएकी नाबालिगले बयान फेरेकी हुन् । स्रोतका अनुसार उनले आफूलाई पलबाट कर णी नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बताएकी छन् । पललाई गत चैत २३ गते जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

थुनछेक बहसपछि जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पुर्पक्षका लागि तनहुँ कारागारमै पठाउन आदेश दिएको थियो ।​ अदालतको आदेशपछि अहिले उनलाई त्यसअघि आदेश भएको तनहुँ कारागार लगिएको थियो । ​अब नवलपुर अदालतमा शाहको बकपत्रका वैशाख ७ गते हुँदैछ । त्यसअघि तनहुँमा आइतवारदेखि बकपत्र भएको हो ।

नाबालिग गायिका कर णीको आरोपमा उनलाई त्यसअघि जिल्ला अदालत तनहुँले पनि चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।उनी कारागार कार्यालय तनहुँमा थिए। २०७८ वैशाख १४ गते तनहुँमा नाबालिग गायिकालाई कर णी ग रेको आरोपमा उनीविरुद्ध जाहेरी परेको थियो ।