वडा अध्यक्षमा युवा नेता अशोक मरहट्टाको बलियो दाबेदारी

गोरखा– स्थानीय निर्वाचन हुने २५ दिनको सेरोफेरोमा आँकाक्षी उम्मेदवारको लर्को नै लागेको छ। जिल्लामा चार दलीय गठबन्धन अन्तिम अवस्थामा भएपनि निर्वाचनमा आँकाक्षी उम्मेदवारको लर्को नै लागेको हो ।

गठबन्धनमा कुन पालिका कसको भागमा पर्ने हो ? अझै छलफलको बिषय भएपनि जिल्लाको पालुङटार नगरपालिका-२, आपपिपलको वडाअध्यक्ष बन्न माओवादी केन्द्रबाट चारजना देखिएका छन्।

माओवादी केन्द्रले जितेको आपपिपलमा वडाअध्यक्ष बन्न चारजनाले पालिका कमिटिमा आँकाक्षा ब्यक्त गरेका हुन् । उनीहरूमध्येका एक हुन्- यूवा नेता अशोक मरहट्टा । २०६३ बाट अखिल (कान्तिकारी)को चितवन जिल्ला कमिटि सदस्य हुदैं विद्यार्थी राजनीतिमा सक्रिय भएका मरहट्टा आपपिपलमा चर्चित नाम हो ।

विद्यार्थी आन्दोलनमा सक्रिय मरहट्टा ०७४ को स्थानीय निर्वाचनमासमेत वडाका आँकाक्षी थिए । हालका वडाअध्यक्ष लोकनाथ वाग्लेलाई सहयोग गर्दै उम्मेदवारी छोडेका उनी आसन्न निर्वाचनमा बलियो दाबेदारी प्रस्तृत गरेका हुन्।

क्रान्तिकारी गोरखाको कार्यबाहक जिल्ला अध्यक्ष भएर कामसमेत गरेका उनी हाल पार्टीकाे पालुङटार नगर समिति सदस्य हुन् । पछिल्लो समय हरेक वडामा यूवाहरूको सहभागि रहनुपर्ने आवाज उठिरहेको समयमा उनले टिकट पाएमा संग्रह पालुङटारका साथै आपिपल अस्पतालको विकासमा गर्ने उनको चाहाना छ ।

उनीसंगै, कृष्ण बहादुर थापा, कमल पोखरेल र रामचन्द्र तिवारीको दावी परेको छ ।

०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द वाग्लेले ६६७ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी नयाँ शक्ति पाटीका कृष्णप्रसाद मरहट्टा ६३९ मत ल्याएका थिए । नेपाली कांग्रेसका बाबु काजी कार्कीले ३९० र एमालेका टिकाराम पोखरेल ६७ ल्याएका थिए ।

तिन वडासदस्य नयाँ शक्ति र एक सदस्य माओवादीले जितेको थियो ।