खुसी मनाउन खोज्दा भयो दु:खको घटना, घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर मृत्यु

काठमाडौं – पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचाेकमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पु’रिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोपाल ढुङ्गाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाए अनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो ख’सेको थियो ।

सो क्रममा उनी पुरिएका थिए । स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो ।

शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पहिरो झरेको स्थान पाँचथर सदरमुकाम फिदिमको मुख्य बजार हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी जनाएको छ ।