गोहोरोमाथि बलात्कार ? मोबाइल भिडियोबाट यसरी सार्वजनिक भयो घटना !

भारतको महाराष्ट्रको सह्याद्रि टाइगर रिजर्भमा एक बंगाल मोनिटर लिजर्ड (गोहोरो) माथि बलात्कारको घटना सार्वजनिक भएको छ ।

यो सिलसिलामा चार व्यक्तिविरुद्ध आशंकाको आधारमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढिरहेको छ ।

यी चार विरुद्ध ३१ मार्चमा चन्दोली नेशनल पार्कमा अवैध तरिकाले प्रवेश गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो ।

यो पार्क टाइगर रिजर्भअन्तर्गत पर्दछ ।

अधिकारीले मुद्दा दर्ता गरेपछि यी अभियुक्तको मोबाइल फोन अनुसन्धान गर्दा गोहोरोमाथि भएको घटनाबारे पत्ता लागेको हो ।

सह्याद्रि टाइगर रिजर्भ महाराष्ट्रका चार जिल्ला सतारा, सांगली, कोल्हापुर र रत्नागिरीमा फैलिएको छ ।

बलात्कारको घटना रत्नागिरी जिल्लाको गोठणे गाउँको बताइँदैछ ।

के हो घटना ?
चन्दोली नेशनल पार्कमा बाघको गन्तीका लागि ट्र्याप क्यामरा राखिएका छन् ।

यी क्यामराको निरिक्षणको क्रममा गोठणे गाउँको एउटा इलाकाबाट एउटा क्यामरा गायब भएको पत्ता लाग्यो ।

तर त्यसको अगाडि राखिएको अर्को क्यामराबाट केही संदिग्ध व्यक्तिलाई देखियो । यी मानिस शिकारमा प्रयोग हुने हतियार लिएर गइरहेको देखिए । ।

त्यसपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरियो । अनुसन्धान गर्ने समूहले एकजना संदिग्धलाई पक्राउ गरेको भन्ने खबर मिडियामा प्रकाशित भयो । उनले आफू शिकारका लागि वन्य क्षेत्रमा प्रवेश गरेको बताए ।

पछि यसै मामिलामा अन्य दुईलाई पक्राउ गरियो । यो मामिलामा हालसम्म चारजना पक्राउ परेका छन् ।

मोबाइल फोनमा भेटियो भिडियोः
वन अधिकारीले त्यसपछि संदिग्धको मोबाइल फोन अनुसन्धान गरियो जसमा खरायो, हरिण, पेगोलिनजस्ता थुप्रै जनावरका तस्बिर भेटिए ।

साथै, अधिकारीले एउटा यस्तो भिडियो पाए जसमा साढे चार फिट लामो एउटा गोहोरोमाथि अप्राकृतिक अत्याचार गरिँँदै थियो ।

वन अधिकारीलाई यो विभत्स व्यवहार यिनै संदिग्ध व्यक्तिले गरेका हुन् कि भन्ने आशंका छ ।

यद्यपि, चन्दोली नेशनल पार्कका फरेस्ट रेन्जर नन्दकुमार नलवडेले यी व्यक्तिले अहिले शिकारको कुरा स्वीकार गरेको तर गोहोरोमाथि अत्याचारको कुरा अस्वीकार गरिरहेका छन् ।

रेन्जरले बताए कि यो भिडियो साइबर प्रहरीलाई सुम्पिइएको छ जसले भिडियोको सत्यताको अनुसन्धान गरिरहेको छ ।

अधिकारीले बताए अनुसार अवैश प्रवेशमा दोषी पाइए उनीहरुलाई ५ लाख भारु जरिवाना र ७ वर्षसम्म सश्रम कारावासको सजाय हुनसक्छ ।

तर नलवडेका अनुसार गोहीमाथि अत्याचारको दोषी पाइँदा उनीहरुलाई १० वर्षसम्मको जेल सजाय हुनसक्छ ।

चारजना संदिग्धलाई ८ अप्रिलमा अदालतमा पेश गरियो जसले उनीहरुलाई २२ अप्रिलसम्म १५ दिनको न्यायिक हिरासतमा पठाएको थियो ।

यद्यपि, केही शर्तअन्तर्गत जमानत दिइएको थियो ।

स्रोत – बीबीसी