बाघलाई स्यालले दियो सुझाव ?

काठमाडौं । यतिबेला सिट तालमेलको बिषयलाई लिएर सत्ता गठबन्धनभित्र रडाको मच्चिएको छ । मुख्यतः नेकपा फुटेपछि हातमा हात मिलाउदै अघि बढिरहेका पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको सम्बन्ध सिट तालमेलको बिषयले चिसिएको स्रोतको दाबी छ ।

यसैबीच, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पहिलोपटक फरक खुलासा गरेका छन् । माओवादसँग आफू सहमत नरहेको बताएका छन् । उनले आफूहरुले २०४६ सालमै माओवाद परित्याग गरेको उल्लेख गरे । विचार मिल्ने पार्टीहरुसँग एकता हुने भएपनि उनले माओवादीसँग वैचारिक रुपमा फरक रहेको बताए ।

‘अहिले हामी चुनावको तयारमिा जुटेका छौं । भविष्यमा को कसको नजिक हुन्छ, विचार मिल्छ कि मिल्दैन । त्यो हेर्नुपर्छ,’ उनले कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा भने, ‘माओवादीसँग अहिले सहकार्य गरिरहेका छौं तर तत्काल एकताको सम्भावना छैन ।’

उनले माओवादीसँग एकताका लागि माओवादी नाम नै फेर्नुपर्ने बताए । ‘उहाँहरुको सिद्धान्तमा माओवाद छ । माओवादी केन्द्र नाम छ नि म त्योसँग सहमत छैन । माओत्सेतुङ विचारधार २०४६ सालमै हामीले परित्याग गरिसक्यौं,’ उनले थपे, ‘हामी एउटै ठाउँमा आउने हो भने माओवादी नाम छोड्नुप¥यो ।’

उनले पाँच दलीय गठबन्धन प्रतिगमनको विरोधमा भएको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकार, दम्भ र व्यक्तिवादी सोचका कारण पार्टी विभाजन गर्नुपरेको बताए । पूर्वप्रधानमन्त्री नेपालले एकीकृत समाजवादी शक्तिशाली बन्दै दावी गरे ।