माधव नेपालजीको पार्टीले औकातभन्दा बढि सिट खोज्यो : प्रचण्ड

काठमाडौं :  यतिबेला पाँच दलिय गठबन्धन भएपछी केही सकारात्मक र नकारात्मक टिकाटिप्पणीहरु चर्चामा आइरहेका छन् । यसैक्रममा आज पनि एउटा टिप्पणी बाहिरीको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पालिकामा गठबन्धन नहुने स्वीकार गरेका छन् । उनले स्थानीय स्तरमा समझदारी जुटेका पालिकामा गठबन्धन भएपनि सबै ठाउँमा तालमेलको अपेक्षा गर्न नहुने बताएका हुन् ।

शुक्रबार खुमलटारमा बसेको माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा प्रचण्डले महानगर र उपमहानगरको सिट बाँडफाँड केन्द्रबाटै हुने भएपनि नगर र गाउँपालिकाको तालमेल जिल्लाबाटै टुंगिने बताए ।