चुनावपछि एमालेले बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउँछ

लमजुङ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी प्रतिपक्षमा बस्ने जमाना नभएको बताएका छन्। लमजुङको घलेगाउँ पुगेका उनले एमाले चाँडै सत्तामा फर्किने दाबी गरे। उनले एमाले एकछिनका लागि मात्रै प्रतिपक्षमा रहेको बताए।

चुनावपछि बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने दाबी गरे। जनताको आकर्षण एमालेमा रहेको भन्दै उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरे। जालझेल गरेर प्रतिपक्षमा केही समयका लागि एमालेलाई प्रतिपक्षमा पुर्‍याएको आरोप लगाउँदै उनले अब एमालेले बहुमतको सरकार बनाएर देश र जनताको समृद्धिको चाहना पूरा गर्ने बताए।