पल शाह प्रहरी हिरासत जानु अगाडी खेलेको बिष्णु माझीको दोहोरी गीत युटुबमा

नेपाली लोक संगीतलाई निरन्तर अगाडी बढाउदै आएका अग्रज सर्जक तथा गायक पवन ओलीको लोक दोहोरी गीत ‘मुटुमा माया छ’ बजारमा आएको छ।लोकप्रिय गायिका बिष्णु माझी र कुलेन्द्र बिश्वकर्माले सुमधुर आवाज भरेको गीतमा लय तथा शब्द सृजना भने पवन ओली आफ्नै रहेको छ।

लोक दोहोरीमा पवन ओलिले केहि न केहि फरक शैली ल्याएकै छन जसको एउटा उदाहरण भनेकै यही गीत पर्दछ।पवनले सृजना गरेको यो गीतमा पुरानो आवाज भने योगेन्द्र गौतम र बिष्णु माझीको रहेको थियो।गीतमा अभिनय भने अहिले प्रहरी थुनामा रहेका नायक पल शाह र जुना सुन्दासको रहेको छ।

भिडियो सम्पादन भने प्रविन भट्टको रहेको छ भने निर्देशन मौसम हिमालीले गरेका हुन्। बिष्णु माझी बिशेष प्रेमिल गीत गाउने गायिका हुन् सोहि कारण पनि हुन सक्छ यो गीतले फरक माया पाएको छ।भिडियो हेरौ :