अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य रविन खडकाले उठाए निर्वाचनमा शैक्षिक मापदण्डको बिषय

अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य गोरखा जिल्लाको निवासी रविन खडकाले आउँदै गरेको स्थानिय निर्वाचनमा प्रतिनिधिको शैक्षिक योगताको विषयमा कुरा उठाएका छन् । शिक्षाले नै स्थानीय तहमा क्रान्ति ल्याउन सक्छ भन्ने खड्काको भनाइ छ । खड्काले बनाएको शैक्षिक मापदण्ड आफ्नो फेसबुकमा मार्फत राखेका छन् । यस्तो छ स्टाटस  :-

निर्वाचनमा शैक्षिक मापदण्ड पनि बनाउने कि यसो गरियो भने नेपालको अर्थ खाटमुनी कि सिरानी मुनि भनेर खोज्नु पर्दैन कि ?

वडा सदस्य – SLC
वडा अध्यक्ष – +2
मेयर/ उप- मेयर / सांसद – Bachelor

सामाजिक र राजनितिक क्षेत्रमा कम्तिमा ५ बर्ष देखि सक्रिय। हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी)ले बहस यता चलाउने होकि ?