क्रान्तिकारी हुँ भन्दै आउने विवेकशील र रविन्द्र मिश्रको हालत के भयो ? – प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विवेकशील साझा पार्टीका नेताहरू क्रान्तिकारी कुरा गरेर राजनीतिमा आए पनि अहिले हालत खराब रहेको बताएका छन्।

विवेकशील साझामा पछिल्लो समय पार्टीले लिने विचारमा मतभेद छ। पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र पक्ष र संगठन विभाग प्रमुख निर्देश शिलवाल पक्षबीच विवाद हुँदा पार्टी कार्यालय अर्को निर्णय नहुन्जेल कर्मचारीबाहेकलाई बन्द गरिएको छ।

यसतर्फ लक्षित गर्दै सिंहले आज बुद्धनगरमा भएको कार्यक्रममा बोल्दै क्रान्तिकारी भाषण गरेर मात्रै नहुने भन्दै विवेकशील साझाप्रति कटाक्ष गरे।

‘परिवर्तनका नारा दिएर जनतालाई भ्रम छरेर क्रान्तिकारी कुरा गर्दै राजनीतिमा आएको पार्टी विवेकशील साझाको हालत के भयो?,’ सिंहले भने, ‘राजनीति भाषणले मात्रै चल्दैन भन्ने कुरा पुष्टि भयो।’