हिमालमा मायाको सागर सार्वजनिक

 

साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको ”मायाको सागर” एल्बम विमोचनको क्रममा हिमालसँग संसारमा पहिलो पटक सागरको मिलन भएको छ । चर्चित भारतीय गायक कुमार साहनु र देविका वन्दनाको सुमधुर आवाजमा ”तिम्रो मायाको सागरमा” रहेको गीत,चर्चित संगीतकार सन्तोष श्रेष्ठको रहेको छ एरेन्जर राजु कार्कीको रहेको छ ।
दोश्रो नम्बरको गीत ”आँखामा गाजल लाएर” सन्तोष श्रेष्ठ र अस्मिता अधिकारीको स्वर रहेको छ । सन्तोष श्रेष्ठको संगीत एरेन्जर शुलभ घिमिरेको रहेको छ ।
तेस्रो गीत ”सोचें बाँच्ने आधार” गायक प्रविन भेटवालको स्वरमा रहेको छ भने संगीत/एरेन्जर पुष्कर सुनुवारको रहेको छ ।
एल्बमको अन्तिम गीत भने ”जब आफनाले तुच्छ वचन बोलेपछि” चिरञ्जीवी भण्डारीको स्वर र संगीत, एरेन्जरमा आशिष लामाको रहेको छ । ओएस नेपालको प्रस्तुतिमा रहेको मायाको सागर एल्बमभित्र रहेको गीतहरूले सम्पूर्ण संगीत मन पराउनु हुने स्रोताहरू माझ नयाँ उर्जा थपिएको छ ।