मदेशमा गर्मीको समयमा सिरक वितरण :- गरिबीको मजाक कि के ?

तराई–मधेशमा यतिबेला गर्मी बेस्सरी बढेको छ । उखरमाउलो गर्मीले सर्वसाधारणलाई सकस पर्ने गरेको छ । गर्मी छल्न सर्वसाधारणहरु पंखा, एयरकन्डिसन, कुलर, रुख वृक्षलगायतका छहारी स्थानको खोजीमा हुन्छन् । तर गर्मीका बेला धनुषाको बटेश्वर गाउँपालिकाले सिरक र कम्बल वितरण गरेको छ ।

अन्य स्थानीय तहहरुले जाडोबाट छल्न सिरक र कम्बल मंसिर पुसमै वितरण गरेपनि धनुषा बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले भने जाडो छल्न हिउँदमा चाहिने कम्बल अहिले गर्मी याममा बाँडेर मतदातालाई रिझाउँदैछन् ।

बटेश्वर गाउँपालिकाले पाँचवटा वडामा ७ सय ५० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको हो । जाडो महिनामै बाँड्नुपर्ने कम्बल त्यतिबेला वितरण गर्न नसकेकाले अहिले वितरण गरिको एक जनप्रतिनिधिले बताए ।