गम्भीर रोग लागेका बिरामीले मासिक ५ हजार पाउने

काठमाडौं। गम्भीर रोग लागेका बिरामीलाई औषधि उपचार लागि मासिक ५ हजार रुपयौँ उपलब्ध गराउने निर्णय लागू भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सोव रकम उपलब्ध गराउन निर्णय कार्यान्वयन भएको हो।

कार्यविधि सुरु भएसँगै अब क्यान्सर रोगी, मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका रमेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारका लागि मासिक ५ हजार रुपैयाँ पाउने भएका छन्। सरकारले प्रतिस्थापन बजेटबाट त्यस्ता बिरामीलाई रकम हस्तान्त्रण गर्ने निर्णय लिएको हो।

देशभरका ७५३ स्थानीय तहबाट उक्त रकम उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि हिजो अनुरोधसहित पत्राचार गरिएको नीति, योजना तथा अनुगमन महाशाखाकी जनस्वास्थ्य अधिकृत सिमन काफ्लेले जानकारी दिइन्।