शाही राप्रपाले यति ठूलो जिम्मेवारी पदमा पुगे ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा ज्ञानेन्द्र शाही मनोनित भएका छन् । यसअघि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार २० जनालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेकामा मंगलबार शाहीलाई पनि सो समितिमा थपेका हुन् ।

राप्रपा र सुशासनको लागि हाम्रो नेपाल हामी नेपाली अभियानबीच सम्झौता तथा राप्रपाको विधान बमोजिम सो पदमा मनोनयन गरिएको लिङ्देनले हस्तान्तरण गरेको पत्रमा उल्लेख छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अब केन्द्रीय कार्यसम्पादन समिति २४ जनाको भएको छ ।

जसमा बुद्धिमान तामाङ, बिक्रम पाण्डे, ध्रुबबहादुर प्रधान, रोशन कार्की, हेमजङ्ग गुरुङ, मुकुन्द श्याम गिरी, धवलशमशेर राणा, भुवन पाठक, राजेन्द्र गुरुङ, प्रह्लाद साह, दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर, जयन्त चन्द, टंक ढकाल, ठाकुरप्रसाद शर्मा र ऋषिबाबु परियार रहेका छन् । २० जनाको सूचीमा नपरेका शाहीलाई एकताको सन्देश जानेगरी मंगलबार मनोनयन गरिएको बताइएको छ ।