दिपेन्द्रको निर्देशनमा सुनिलको “झम्के साँझ” युटुब ट्रेडिङ्गको दोस्रो स्थानमा (भिडियो सहित)

नेपाली गीत संगीतको म्युजिक भिडियो निर्देशनबाट कहलिएका निर्देशक दिपेन्द्र तिमल्सिनाको निर्देशनमा भर्खरै मात्र “झम्के साँझ” बोलको गीत सार्बजनिक भएको छ । उनले यस भन्दा अगाडी पनि थुप्रै गीतहरुको म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन् । तिमल्सिना आफैंमा अभिनेता पनि हुन् ।

“झम्के साँझ” बोलको गीत सुनिल गिरीको प्रस्तुतिमा सार्बजनिक भएको हो । यस गीतमा सुनिल गिरी र सुनिता तिमल्सिनाको सुमधुर स्वर सुन्न सकिन्छ । मौलिक लोक स्वादमा तयार भएको गीतलाई लय तथा शब्द पनि गायक सुनिलको नै रहेको छ ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा पल शाह र प्रकृति श्रेष्ठको लोभ लाग्दो अभिनय देख्न सकिन्छ । दिपेन्द्र तिमल्सिनाको निर्देशन तथा कोरिग्राफी रहेको भिडियोमालाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन् । गित यतिबेला युटुब ट्रेडिङ्गको दोस्रो स्थानमा छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।