‘गणेश गुरुङ एकल साँझ’ चैत्र १९ गत्ते राष्ट्रिय नाचघर जमलमा हुने

‘कौडा किङ’का रुपमा परिचित गायक गणेश गुरुङको ‘गणेश गुरुङ एकल साँझ’ चैत्र १९ गते राजधानीमा हुने भएको छ । केहि समय आगाडी माघ २३ गते हुने भनिएको ‘गणेश गुरुङ एकल साँझ’ कोरोनाको कारणले गर्दा रोकिएको जानकारी गराउदै  ‘गणेश गुरुङ एकल साँझ’ यही चैत्र १९ गते राष्ट्रिय नाचघर जमल काठमाडौँमा हुने भएको छ । माग्रामीण पर्यटन व्यवस्थापन समिति, घलेगाउँ लमजुङको आयोजनामा हुन लागेको एकल साँझमा गायक गणेशले डेढ दर्जनभन्दा बढी आफ्ना सिर्जनाहरु प्रत्यक्ष वाद्यवादनमा सुनाउने छन् ।No photo description available.

२०५८ सालबाट मनकामना केवलकारमा चोक गीतबाट सांगीतिक यात्रा सुरु गरेका गायक गुरुङका ‘ल्वाङ सुपारी’, ‘सल्ला धुपैले’, ‘गोगन पानीमा’, ‘सुनको औठी’, ‘दाइ त मेरो लाहुर जाने’, ‘गोरखा मनकामना’, ‘गोरखा डाँडा’, ‘सिरानचोक’, ‘गाउँ चिनारी’गीत लगायत तीन सयभन्दा बढी गीतहरु बजारमा आइसकेका छन् । उनका चार दर्जनभन्दा बढी कौडा, सालैजो गीतहरु बजारमा छन् । उनले २५ भन्दा बढी गुरुङ फिल्ममा गायन, संगीत र अभिनय गरिसकेका छन No photo description available.

लोक, आधुनिक र फिल्म गायनको क्षेत्रमा दुई दशकदेखि सक्रिय रहँदै आएका गायक गणेशको एकल साँझ गर्न पाउनु आफूहरुका लागि खुशीको अवसर रहेको आयोजक संस्थाका अध्यक्ष प्रेम घलेले बताए ।